नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली, बाँके र मोरङमा गरेर थप २० जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा थप कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।
सेती प्रादेशिक अस्पताल र भेरी प्रायोगिक अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
कैलालीका १९, २३, र २९ वर्षीय पुरुष, डडेल्घुराका २५ वर्षीय पुरुष, बैतडीका २२ वर्षीया पुरुष गरी सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसैगरी बाँकेका १४ जनामा १८ देखि ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यस्तै मोरङको रतुवामाई २ का ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उनले बताए।
सेती प्रादेशिक अस्पताल कैलालीमा परीक्षण गरिएका पाँचजना, बाँकेमा १४ जना र मोरङमा एकजनामा संक्रमण देखिएको हो।
शुक्रबार नेपालगञ्ज बाँकेका २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
अहिलेसम्म ७० जनाले पराजित गरे कोरोना, तीन दिनमा ३३ घर फिर्ता










प्रतिक्रिया