सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दे अर्थमन्त्रीले सो जानकारी दिएका हुन।
अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने अनुमान सार्वजनिक हुन् ।
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो।
यो वर्ष नेपालीहरुको प्रतिव्यक्ति आम्दानी औसतमा १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यो १०८५ अमेरिकी डलर हो ।
प्रतिक्रिया