धितोपत्र बजारमा ऋणपत्रको कारोबार गर्ने व्यवस्था मिलाइने, स्टक डिलर प्रवेश गराइने

0
Shares

सरकारले धितोपत्र बजारमा ऋणपत्रको कारोबार गर्ने व्यवस्था मिलाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दे अर्थमन्त्रीले सो जानकारी दिएका हुन।

साथै आगामी आर्थिक वर्षमा धितोपत्र बजारमा स्टक डिलर प्रवेश गराइने पनि उनले घोषणा गरे।

धितोपत्र बोर्ड, नेप्से, र सिडिएससीको संरचनागत सुधार, पूर्ण रुपमा विद्युतीय माध्यमबाट शेयर खरिद बिक्रीलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ।

यस्तै ऋणपत्रको दोस्रो बजारमा हुने कारोबारलाई प्राथमिकता तथा स्टक डिलर र वस्तु विनिमय बजार सञ्चालनमा आउने अर्थमन्त्री खतिवडाले बताए।

प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहिबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।