आगामी आर्थिक वर्षको बजेटको आकार १४ खर्ब ७४ अर्ब ६४ करोड, बजेट घट्यो

0
Shares

सरकारले आगामी आर्थिक बर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षको भन्दा पनि ३.८ प्रतिशत (५८ अर्ब रुपैयाँ) कम हो । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटको आकार थियो ।

आगामी आर्थिक बर्षको कुल बजेटमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पूँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब बिनियोजन भएको छ ।

जसमा राजस्व वापत ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ साथै बैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ। साथै बैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ। 

  • कूल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

-चालु खर्च ९ खर्ब ४८ र्अ ९४ करोड

-पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड

-वित्तीय व्यवस्थापन १ खर्ब ७२ अर्ब ७९ करोड

  • स्रोत व्यवस्थापन

-राजश्व ८ खर्ब ८९ अर्ब ६२ करोड

-वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड

-आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब

-वैदेशिक अनुदान ६० अर्ब ५२ करोड

प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहिबार  १८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।