पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा टेकु अस्पतालबाट २ जना, बलम्बुको युनिफाइड अस्पतालबाट ११ जना गरि कूल १३ जना डिस्चार्ज भएका हुन्।
यससँगै कोरोना पराजित गरि डिस्चार्ज भई घर फर्केनेहरुको कुल संख्या २१९ पुगेको छ। जसमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन्।
प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ३० जना, प्रदेश नम्बर २ बाट १०४ जना, बाग्मती प्रदेशबाट २८ जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश नम्बर ५ बाट ४८ जना, र सुदूर पश्चिम प्रदेशबाट ६ जना निको भएका छन्।
अझैपनि विभिन्न अस्पतालको आइसोलेसन वार्डहरुमा १ हजार १८२ जना उपचाररत रहेका छन् भने हालसम्म ६ जनाले यहि संक्रमणका कारण ज्यान गुमाउनुपरेको छ।
प्रतिक्रिया