राष्‍ट्रिय वाणिज्य बैंकले देशभरका शाखा आजदेखि खुला गर्ने

0
Shares

राष्‍ट्रिय वाणिज्य बैंकले आजदेखि देशभरका शाखाहरू खुला गर्ने भएको छ।

बैंकले एक सूचना जारी गर्दै कोभिड-१९ महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको छ।

बैंकका सबै शाखा कार्यालयहरू हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने सूचनामा जनाइएको छ।

उपत्यकाबाहिरका शाखाहरूको हकमा भने सम्बन्धित स्थानीय तह र प्रशासनले जारी गरेको तालिका अनुसार खुला गरिने राष्‍ट्रिय वाणिज्य बैंकले जनाएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।