पछिल्लो २४ घण्टामा ३१४ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले देशभर गरेर पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना पोजिटिभ देखिएको बताए।
पछिल्लो २४ घण्टामा आइतबार थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या तीन हजार ७६२ पुगेको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा मात्रै २१ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। उपचारपछि निको भएर घर फर्केनेको संख्या ४ सय ८८ पुगेकौ छ।
नेपालका हालसम्म कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु पुष्टि भएको छ ।










प्रतिक्रिया