विहीबार थप २५० जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २३० जना पुरुष र २० जना महिलामा नयाँ संक्रमण फेला परेको हो।
यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुलसंख्या ४ हजार ६१४ पुगेको छ।
यसैगरि पछिल्लो २४ घण्टामा १८७ जना संक्रमण निको भई डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ८६१ पुगेको छ।










प्रतिक्रिया