दुई वाणिज्य बैंक र एक विकास बैंकको बोनस नेप्सेमा सूचीकृत

0
Shares

अर्को साताबाट शेयर कारेबार खुल्ने भएपछि सूचीकृत कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको कमाईबाट वितरण गरेको बोनस शेयर तथा हकप्रद शेयर सूचीकृत गराउन थालेका छन् ।

विहीबार पनि दुई वाणिज्य बैंक र एक विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ भने एक बीमा कम्पनीले हकप्रद शेयर सूचीकृत गराएको छ ।

शेयर बजार खुलाउने प्रयासमा धितोपत्र बोर्ड

शेयर बजार खुलाउने कि नखुलाउने भन्ने निर्णयको जिम्मा धितोपत्र बोर्डलाई, असार १ देखि खुल्ने संकेत

शेयर कारोबार हुने नहुनेमा अन्योलता, बोर्डको निर्देशन कुर्दै नेप्से

नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड ३७ लाख ९२ हजार ५४ कित्ता, प्राइम कमर्सियल बैंकको १ करोड ५४ लाख ९८ हजार ९ सय ६२.७२ कित्ता र लुम्बिनी विकास बैंकको १२ लाख ९३ हजार ४ सय ८१.७८ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।

यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता हकप्रद शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । बुधबार पनि चार कम्पनीले शेयर सूचीकरण गराएका थिए । यस्तै यसै साता पुर्नबीमा कम्पनीले पनि आफ्नो प्राथमिक शेयर सूचीकरण गराएको छ ।

दुई वाणिज्य बैंक सहित ४ कम्पनीको ३ अर्ब २८ करोडको बोनस सूचीकृत

पुनर्बीमा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहिबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।