पछिल्लो २४ घण्टामा नेपालमा थप २७३ जनामा कोरोना पुष्टि

0
Shares

शनिबार नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३६ महिला र २४७ पुरुषमा कोरोना संक्रमण देखिएको हो।आज थपिएका सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको  गौतमले जानकारी दिए।  

नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। जसमध्ये ९१३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता  गौतमले बताए।

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार  १६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।