
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबारसम्म पीसीआर प्रविधिबाट १ लाख २७ हजार २८८ वटा परीक्षण सम्पन्न भएका छन्। पछिल्लो २४ घण्टामा ५ हजार ६६१ वटा पीसीआर परीक्षण भएको हो।
यस्तै हालसम्म आरडिटी विधिबाट १ लाख ९० हजार ५८२ वटा परीक्षण सम्पन्न भएकोमा पछिल्लो २४ घण्टामा २ हजार ५३० वटा आरडिटी परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर र आरडिटी गरि कूल ८ हजार १९१ वटा नमुना परीक्षण सम्पन्न भएका छन्। यस्तै हालसम्म पीसीआर र आरडिटी गरि कूल ३ लाख १७ हजार ८७० वटा परीक्षण सम्पन्न भएको छ।
देशभर १ लाख ५० हजार ५४९ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या जम्मा ४ हजार ४०४ जना र शनिबार थप २ जना सहित १८ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ३६ जना डिस्चार्ज
यसैगरि पछिल्लो २४ घण्टामा ३६ जना संक्रमण निको भई डिस्चार्ज भएका छन्। जसमध्ये नारायणी अस्पताल वीरगञ्जबाट ५ पुरुष, साइकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना पुरुष, आइसोलेसन सेन्टर सहपूर्व दुदुवा बाँकेबाट ८ पुरुष, भरतपुर अस्पताल चितवनबाट कोरोना संक्रमण निको भई ६ जना पुरुष डिस्चार्ज भएका हुन्।
हालसम्म ९१३ जना संक्रमण निको भई डिस्चार्ज भएका छन्। उनीहरुमध्ये ९१ महिला र ८२२ जना पुरुष रहेका छन्।
यस्तै ४९७ जना सम्भावित संक्रमितको सूची अर्थात रेडजोनमा परेका छन्। पछिल्लो २४ घण्टामा कास्की र रुकुम जिल्लाको २ जना रेडजोनमा परेका हुन्।
कहाँ-कहाँ भेटिए २७३ संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार २७३ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। जसमध्ये २४७ जना पुरुष र ३६ जना महिला गरि २७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ५ हजार ३३५ पुगेको छ। जसमध्ये ४ हजार ९४९ जना पुरुष र ३८६ जना महिला रहेका छन्।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभरका पाँच जिल्ला बाहेक ७२ जिल्लामा कोभिड १९ को संक्रमण फैलिएको छ। आज कुनैपनि थप जिल्लामा कोरोना संक्रमण फैलिएको छैन।
आज भेटिएका संक्रमितको विवरण यस प्रकार रहेका छन्:-
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जना महिलार ३ जना पुरुष गरि ४ जना
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा रौतहटको २ महिला र ४२ जना पुरुष गरि ४४ जना
- कोशी अस्पताल विराटनगरमा मोरङका ४ जना पुरुष, र झापाको १ जना पुरुष गरि ५ जना
- नारायणी अस्पताल वीरगञ्जमा पर्साको २ जना महिला र ४ जना पुरुष गरि ६ जना, बाराका १ जना पुरुष गरि कूल ७ जना
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पर्वतको १ जना महिला र ३ जना पुरुष गरि ४ जना, नवलपरासी पश्चिमको १ जना पुरुष गरि कूल ५ जना
- सुर्खेत प्रादेशिक अस्पताल प्रयोशालामा कूल ७० जना (जसमध्ये दैलेखका ४ महिला २६ जना पुरुष गरि ३० जना र सुर्खेतको ६ महिला ३४ पुरुष गरि ४० जना)
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ७ जना (जसमध्ये कपिलवस्तुको १ महिला र ४ पुरुष गरि ५ जना, दाङको २ पुरुष)
- भेरी अस्पतालको प्रयोगशाला बाँकेमा ४१ जना (जसमध्ये बाँकेको १ जना महिला र १७ जना पुरुष गरि १८ जना, रोल्पाको १ महिला र १६ जना पुरुष गरि १७ जना, वर्दियाको २ महिला र ४ पुरुष गरि ६ जना )
- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा महोत्तरीको १ पुरुष, र सर्लाहीको २ पुरुष गरि कूल ३ जना
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गुल्मीमा २८ जना (जसमध्ये गुल्मीका २ जना पुरुष, कपिलवस्तुका २ महिला र १८ जना पुरुष गरि २० जना, रुपन्देहीमा १ महिला र ४ पुरुष गरि ५ जना)
- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ५९ जना (जसमध्ये रौतहटको ४८ जना पुरुष, सर्लाहीको २ महिला र ९ पुरुष गरि ११ जना)
कोरोनाबाट थप दुई जनाको मृत्यु
यस्तै शनिबार थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले पुष्टि गरेका छन्।
उनका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल सख्ंया १८ जना पुगेको छ ।
पर्सा वीरगञ्ज महानगरपालिका घण्टाघरस्थित २५ वर्षीय पुरुषको जेठ २८ गते बेवहारिसे शव फेला परेको थियो । मृत शरिरको पोस्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याई स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा जेठ ३० गते कोरोना पुष्टि भएको हो।
यस्तै बारा, निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल निवासी वर्ष ५ का बालकलाई निमोनियाले ग्रस्त बालकलाई हिजो जेठ ३० गते उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याएको थियो।
ती बालकमा आरडिटी परीक्षणमा पोजेटिभ आएकाले आइसोलेसनमा राखेर उपचार गरिएकोमा पीसीआर परीक्षण नहुँदै हिजो शुक्रबार मृत्यु भएको हो । उनको स्वाव संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको हो।










प्रतिक्रिया