सुनको भाउ उच्च विन्दुमा स्थिर, चाँदीमा प्रतितोला १० रुपैयाँ घट्यो

0
Shares

नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ विहीबार स्थिर रहेको छ भने चाँदीको भाउ बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ११ गते विहीबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ निर्धारण गरेको छ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा यस धातु सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ। सरकारले बजेट मार्फत थप भन्सार बढाउँदा समेत सुनको मूल्य वृद्धिमा सहयोग पुगेको हो।

प्रकाशित मिति: ११ असार २०७७, बिहिबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।