पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि

0
Shares

पाकिस्तानको सरकारले सवै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।

नयाँ मूल्यमा पुरानो मूल्यको भन्दा झण्डै २६ रुपैया बृद्धि भएको पाइएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाकिस्तानी रुपैया र दश पैसा पुगेको छ । यसअघि त्यसको मूल्य ७४.५२ पाकिस्तानी रुपैया रहेको थियो ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिका आधारमा पाकिस्तानमा पनि बृद्धि गरिएको वित्त विभागले शुक्रबार जानकारी दिएको छ ।

डिजेलको मूल्य २१ रुपैया ३१ पैसा बृद्धि भएर १०१ रुपैया २६ पैसा पुगेको विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी मट्टितेलको मूल्य पनि ५९ रुपैया ६ पैसा भएको छ ।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार  ०७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।