अमेरिकामा बस्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था एएनएको अध्यक्षमा खगेन्द्र अधिकारी चयन 

0
Shares

नेपालबाट अमेरिका गई बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था एशोसियशन अफ नेप्लिज ईन अमेरिकाज अर्थात एएनएको अध्यक्षमा समाजसेवी खगेन्द्र अधिकारी चयन हुनुभएको छ ।

यसअघि संस्थाको बरिष्ठ उपाध्यक्ष रहनु भएका अधिकारीले अब संस्थालाई नयाँ सोचले अगाडि बढाउने अठोटका साथ अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको बताईएको छ ।

 

पुरानो कार्य समितिको समयावधि जुलाई ४ मा सकिएसँगै अधिकारीसहित नयाँ बोर्डलाई ट्रष्टीहरुको बैठकले अध्यक्ष चयन गरेको हो ।

कोेरोना महामारी र असहज अबस्थाका कारणले चुनाव समितिका पदाधिकारीले राजीनामा गरेपछि ट्रष्टीहरुको बैठकले नयाँ निर्णय लिएको एएनएका ट्रष्टीहरुको तर्फबाट अम्बिाकाप्रसाद अधिकारीले जनाउनु भएको छ । खगेन्द्र अधिकारीले अहिले अन्तरिम अध्यक्षको मात्र जिम्मेवारी लिनु भएको र उहाँसहितको बोर्डको कार्यकाल डिसेम्बर ३१ सम्म रहने जनाईएको छ ।

निवर्तमान अध्यक्ष मेदिनी अधिकारीलाई संस्थाको प्रगतिका लागि गर्नु भएको योगदानका लागि धन्यबाद ज्ञापन गरिएको छ ।

एनएनए सन् १९८३ मा स्थापना भएको नेपालीहरुको संस्था हो । यति लामो समयसम्म निरन्तर क्रियाशील नेपालीहरुको पुरानो संस्थामा एएनए नै भएको बताईन्छ ।

अमेरिकामा दर्जनौ संस्थाहरु भए पनि सक्रियतापुर्वक सबैलाई समेटेर काम गर्नेमा एएनएले भुमिका खेल्दै आएको छ । अधिकारीको नेतृत्वमा एएनएले अरु नेपाली संस्थाहरुसँग सहकार्यमा जोड दिदै नेपालीहरुको हकहित सुरक्षा र बिकासका लागि अरु प्रभावकारी भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।