राजश्व सङ्कलन झण्डै सात प्रतिशतले वृद्धि

0
Shares

आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा राजश्व सङ्कलन सात प्रतिशतले वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार यसवर्ष कूल ३८४ अर्ब ३१ करोड राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा राजश्व सङ्कलन कूल रु ३५८ अर्ब ४१ करोड भएको थियो ।

गत वर्षको तुलनामा आव २०७६/७७ मा राजश्व सङ्कलन सात प्रतिशतले वृद्धि रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

विभागका अनुसार आयकर २१७ अर्ब २६ करोड, मूल्य अभिवृद्धि करतर्फ ९८ अर्ब २२ करोड, अन्तःशुल्क ६४ अर्ब ७९ करोड र शिक्षा सेवा शुःल्क र अन्य गरेर ४ अर्ब ४ करोड गरी कूल  ३८४ अर्ब ३१ करोड राजश्व सङ्कलन भएको छ ।

गत वर्ष एक लाख ९४ हजार व्यावसायिक स्थायी लेखा नम्बर र ९ लाख ५३ हजार व्यक्तिगत स्थायी लेखा नम्बर गरी कूल ११ लाख ४७ हजार नयाँ करदाता करको दायरामा आएको विभागले जनाएको छ ।

कोभिड–१९ का कारण करिब चार महिनाको बन्दाबन्दीले सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पारेको प्रभावका बाबाजुद असल नागरिकरको दायित्व निर्वाह गर्दै कर सहभागिता जनाउने सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार  २१ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।