सुनको भाउ फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

नेपाली बजारमा सुन तथा चाँदीको भाउ फेरि उकालो लागेको छ । गत शुक्रबारको तुलनामा साउन ४ गते आइताबार सुनको भाउ प्रतितोला ३ सय तथा चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६५ रुपैयाँ र चाँदी प्रतितोला एक हजार ५ रुपैयाँ तोकेको छ।

गत शुक्रबार छापावाला सुन ९२ हजार २ सय, तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदी प्रतितोला ९९५ रुपैयाँ रहेको थियो।

गत बुधबार नेपाली बजारमा सुन सबैभन्दा उच्च मूल्यमा कारोबार भएको थियो। सो दिन छापावाल प्रतितोला ९२ हजार ८०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९२ हजार ३६० रुपैयाँ, र चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ४ श्रावण २०७७, आइतबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।