अपिको तेस्रो आयोजनाको वित्तीय व्यवस्थापन हिमालयन बैंकले गर्ने

15
Shares

अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्ने ४० मे.वा क्षमताको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन हिमालयन बैंक लिमिटेडले गर्ने भएको छ ।

हिमालयन बैंकको संचालक समितिले यस आयोजनाको अगुवा बैंक भई सहवित्तीयकरण मार्फत लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीले चमेलिया नदीमा आफ्नो तेस्रो आयोजना निर्माण कार्य शुरु गरिसकेको छ । कम्पनीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका लिएको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

दार्चुला जिल्लामानै कम्पनीको यो तेस्रो आयोजना हो । यसअघि कम्पनीले ८.५ मे.वा को नौगड गाढ र ८ मे.वा को अप्पर नौगड गाढको निर्माण सम्पन्न गरी आय आर्जन गरिरहेको छ ।

कम्पनीले यही नदी साउन महिनाको दोस्रो साता भित्र १ बराबर ०.४७ को हकप्रद शेयर यही आयोजना निर्माणको लागि आवहान गरेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।