मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थाबीचको मर्जर सम्पन्न भएको छ । दुई संस्था गाभिएर बनेको संस्थाले साउन ११ गतेबाट एकीकृत कारोबार थाल्ने भएको हो।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना र दाङ्गमा केन्द्रीय कार्यालय रहेको स्मार्ट गाभिएपछि बनेको लघुवित्त मनकामना स्मार्ट लघुवित्तको वित्तीय संस्था लिमिटेडको नामबाट संचालनमा आउन लागेको हो।
एकीकृत संस्थाको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार कायम हुनेछ । दुवै कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेका छैनन्।
एकीकृत कारोबार संचालनमा आएपछि कम्पनीले ४ करोड बढीको आईपीओ जारी गर्नेछ । आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी १२ करोड पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया