पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।।
पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताउनुभयो । राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया