बुधबार २१० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

बुधबार थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। हालसम्म १९ हजार २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हाल कोरोना संक्रमण सक्रिय ५ हजार २५२ जनामा छ ।

संक्रमितमध्ये उपत्यकामा १५ जनामा पुष्टि भएको छ। काठमाडौंका १४ र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा ६ हजार ३७ वटा पीसीआर परीक्षण भएका छन्। हालसम्म कूल ३ लाख ५८ लाख ३४४ वटा पीसीआर परीक्षण सम्पन्न भएका छन्।

यस्तै २१० जना कोरोना संक्रमितले कोरोना संक्रमणलाई पराजित गरी डिस्चार्ज भएका छन्। हालसम्म संक्रमित मध्ये ७२.८ प्रतिशत डिस्चार्ज भैसकेका छन्।  क्वारेन्टिनमा १४ हजार ४७१ जना र आइसोलेसनमा ५ हजार २०३ जना छन् । हालसम्म कोरोना संक्रमणबाट ४९ जनाले ज्यान गुमाएका छन्।

यस्तै मन्त्रालयले कोरोना उपचार गर्ने अस्पताललाई अनुदान दिने कार्यविधि स्वीकृत गरेको छ। 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ साउन २०७७, बुधबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।