नेपाल प्रहरीले दश थान नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकबाट नारायण पौडेललाई नक्कली नोटसहित पक्राउ गरेको हो।
पौडेलले संचालन गरेको सुविधा स्टेसनरीमा नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको थाहा पाएपछि नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गर्दा पौडेललाई पक्राउ गरेको हो । उनी स्याङजा चापाकोट नगरपालिकाका हुन्।
उनको साथमा एक थान १ हजारको नोट र फोटोकपी गरी तयार पारिएको १ हजारको नोट १० थान कलर प्रिन्टसहित पक्राउ गरेको हो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया