नेप्सेको प्रणालीमा समस्या, नियमित समयमा कारोबार हुन नसक्ने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नेटवर्किङ प्रणालीमा आएको समस्याले नियमित समयमा आज शेयर कारोबार नखुल्ने जानकारी गराएको छ ।

नेप्सेको प्रणालीमा आएको प्राविधिक समस्याले बजार ढिला खुल्ने भएको हो। नेप्सेले प्रणालीमा देखिएको समस्या सुल्झाउने काम भइरहेको जानकारी गराउँदै समस्या समाधान भएपछि कारोबार सुचारु गर्नुभन्दा आधा घण्टा अगाडि जानकारी गराउने बताएको छ ।

नेप्सेका एक अधिकारीका अनुसार नेप्सेको प्रणाली र ब्रोकरको प्रणालीबीचको नेटवर्किङ टुटेपछि कारोबार गर्न नसकिएको जानकारी दिए । नेप्से तथा कारोबार प्रणाली निर्माता कम्पनीका प्राविधिकहरु समस्या सुल्झाउने प्रयासमा लागिररहेको र समस्या समाधान भएपछि बजार संचालन गरिने ती अधिकारीले बताए ।

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।