प्रभु बैंकको डिबेन्चर बाँडफाँड, नतिजा नोटबजारमा

0
Shares

प्रभु बैंकले निष्कासन गरेकोे ‘१०% प्रभु बैंक डिबेन्चर २०८४’ बिहीबार बाँडफाँड गरिएको छ ।

बैंकले एक हजार अंकित दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रहरु साउन १९ गतेदेखि साउन २३ गतेसम्म सर्वसाधारण तथा व्यक्तिगत तवरमा बिक्री खुला गरेको थियो ।

कुल निष्कासित डिबेन्चरमध्ये १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता डिबेन्चर विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री खुला गरिएको थियो ।

८० करोड बराबरको ८ लाख कित्तामध्ये सामूहिक लगानीकोषलाई ४० हजार बाडँफाँड गरी बाँकी रहेको ७ लाख ६० हजार कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुला गरिएको थियो ।

उक्त डिबेन्चरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडका अनुसार सर्वसाधारणका लागि बिक्रीमा राखेको ७ लाख ६० हजार कित्तामध्ये ३ लाख ८० हजार ८६६ कित्ता बिक्री हुन सकेन । आम सर्वसाधारणले नकिनेको ३ लाख ८० हजार ८६६ कित्तासमेत गरी कुल १५ लाख ८० हजार ८ सय ६६ कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री तथा बाँडफाँड गरिएको जनाएको छ ।

नोटबजारको शीर्षस्थानमा रहेको IPO Result मा क्लिक गरी आफ्नो डिम्याट खाता राखेर नतिजा खोज्न सकिन्छ ।

सर्वसाधारण समूहलाई निष्कासन गरेको ऋणपत्रमा २ हजार ३०८ जना आवेदकले ७ लाख ३० हजार ३६५ कित्ता ऋणपत्रको लागि आवेदन गरेका थिए । ४१७ जनाबाट आवेदन पर्न आएको जम्मा ३ लाख ५१ हजार २३१ कित्ता ऋणपत्र विभिन्न कारणवश रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । १ हजार ८९१ जना योग्य आवेदकहरुले भने माग गरे बमोजिमको ऋणपत्र प्राप्त गरेका छन् । उनीहरुलाई कूल ३ लाख ५९ हजार १३४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख ८० हजार ८६६ कित्तासमेत गरी कूल १५ लाख ८० हजार ८६६ कित्ता ऋणपत्र बाँडफाँड गरिएको बिक्री प्रबन्धले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार  १८ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।