सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्यलाई नियुक्त भएका छन् ।
सोमबार बसेको सीडीएससीको संचालक समितिको बैठकले आचार्यलाई चार वर्ष लागि प्रमुख कार्यकारी नियुक्त गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत एंवम सीडीएससी संचालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले नोटबजारलाई जानकारी दिए ।
आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन्। ।
सिडिएससीको सिइओको लागि ७ जनाको आवेदन परेको थियो।
सीडीएससीका रिक्त सीइओ पदका लागि गठित छनोट समितिले पूर्णप्रसाद आचार्य सहित भीष्मराज चालिसे र कृष्ण गिरी गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।
सीडीएससीको तत्कालिन सीइओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया