मंगलबार प्रि-ओपनिङ्गमा १४ कम्पनीको शेयरमूल्य बढ्यो

0
Shares

मंगलबार नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा कारोबारमा आएका १७ कम्पनीमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको घट्दा २ को स्थिर रहेको छ ।

कारोबारमा आएकामध्ये साधन लघुवित्त, हिमाल दोलखा, आरएसडीसी, सिभिल लघुवित्त लगायतको शेयमूल्य चार प्रतिशत बढीले उकालो लागेको छ ।

मंगलबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १७ कम्पनीका ५४५ कित्ता शेयर २ लाख ४४ हजार ८१५ रुपैयाँमा खरीद बिक्री भएका छन्। नेप्से सूचकमा भने झिनो अंकको सुधार आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।