फस्ट माइक्रोफाइनान्सले घोषणा गर्यो बोनस र नगद लाभांश

0
Shares

फस्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आव ०६७/०७७ को मुनाफाबाट शेयरधनीलाई बोनस लाभांश प्रस्ताव गरेको छ।

लघुवित्त कम्पीको भदा्र १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले १३.६८ प्रतिशत लाभांश समेत प्रस्ताव गरेको हो। कम्पनीले ९.५० प्रतिशत बोनस र करसहित ४.१८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ । जस अनुसार लघुवित्तले ७ करोड ६० लाख ७० हजार बराबरको बोनस र ३ करोड ३५ लाख ४ हजार बराबरको नगदगरी कुल १० करोड ९५ लाख ७५ हजार बराबको लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्त कम्पनीको अगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ। लघुवित्त कम्पनीले अघिल्लो आर्थिक वर्षमा १७ प्रतिशत बोनस वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।