नबिल व्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको प्रतिफल घोषणा

0
Shares

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रही संचालनमा रहेका दुई सामूहिक लगानी कोष नबिल व्यालेन्स फण्ड २ र नबिल इक्विटी फन्डले गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेका छन् ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको हिजो भाद्र १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले नबिल व्यालेन्स फण्ड २ का इकाईधनीलाई ९ प्रतिशत तथा नबिल इक्विटी फण्डका इकाईधनीलाई ६ प्रतिशत प्रतिफल घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ को कमाईबाट नबिल व्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित १० करोड ८ लाख रूपैयाँ बराबरको प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ७ करोड ५० लाख रूपैयाँ बराबरको प्रतिफल वितरण हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहिबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।