उन्नति लघुवित्तको शेयर १३ महिनापछि नेप्सेमा किनबेच गर्न पाइने भएको छ । सहकार्य लघुवित्तलाई गाभेको उन्नतीको शेयर कारोबार उन्नती सहकार्य लघुवित्तको नाममा खुल्ने भएको हो ।
साथै सहकार्य तर्फको शेयर समेत उन्नतीको नाममा सूचीकृत भएको नेप्सेले जनाएको छ । सहकार्य लघुवित्तसँग २०७६ साउन ९ गते मर्जरमा जाने समझदारी गरेपश्चात उन्नतीको शेयर कारोबार रोक्का गरिएको थियो ।
उन्नती र सहकार्य १०० : ७५ अनुपातमा गाभिएका हुन् । नेप्सेका अनुसार मर्जर पश्चात कायम भएको १४ लाख ९५ हजार ३६६.५० कित्ता शेयर सूचीकृत भएको छ । शेयर सूचीकरण भएसँगै लगानीकर्ताको डिम्याट खातामा शेयर आएपछि किनबेच गर्न पाइनेछ ।

दुई लघुवित्त एक आपसमा गाभिएर बनेको उन्नती उन्नती सहकार्य लघुवित्तले गत असार २६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा शाखा विस्तार गरेको छ। सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ थियो। उन्नति नेप्सेमा सूचीकृत कम्पनी हो भने सहकार्यले आईपीओ बिक्री गरेको थिएन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया