
कोरोना भाइरस (कोभिड १९) संक्रमण का कारण नेपालमा शनिबारसम्म २०७ जनाले ज्यान गुमाएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै कोभिड १९ का कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार निधन भएका १२ मध्ये उपत्यकाका मात्रै ६ जना र उपत्यका बाहिरका ६ जना रहेका छन्। जसमध्ये ९ जना पुरूषहरू र ३ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा शनिबार आयोजित नियमित प्रेस बिफ्रिङ्गमा जानकारी दिइयो।
शनिबार थप ८८४ जनामा कोरोना पुष्टि, संक्रमित ३७ हजार नाघ्दा साढे २० हजार निको भए
शनिबार ८८४ जनामा कोरोना पुष्टि हुँदा उपत्यकामा १८६ जना संंक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा अर्थात शनिबार देशभरका विभिन्न प्रयोगशाहरुमा थप ८८४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै १८६ जना संंक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा १५५ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार शनिबार अन्य ३९ जिल्लामा कहाँ कति संक्रमित भेटिए हेर्नुहोस्:-
- सर्लाही ८३
- पर्सा ७३
- चितवन ५७
- धनुषा ४९
- मोरङ ३१
- लमजुङ २९
- महोत्तरी २६
- बझाङ २६
- सुनसरी २४
- नवलपुर २३
- सिराहा २२
- बैतडी २१
- बारा २१
- बाँके २०
- झापा २०
- कैलाली १९
- दाङ १९
- काभ्रे १९
- धनकुटा १९
- कञ्चनपुर १७
- रुकुम पूर्व १६
- सुर्खेत १०
- नवलपरासी १०
- मकवानपुर ९
- धादिङ ९
- रौतहट ५
- दार्चुला ३
- कास्की ३
- संखुवासभा ३
- कपिलवस्तु २
- सप्तरी २
- दोलखा १
- सिन्धुपाल्चोक १
- इलाम १
- गुल्मी १
- रुकुम पश्चिम १
- जाजरकोट १
- दैलेख १
- जुम्ला १
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया