शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थीर रहेपनि चाँदीको मूल्य भने बढेको छ ।
महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँ तेकिएको छ ।
बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो भने चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदी बिहीबारको तुलनामा तोलाको ४० रुपैयाँले बढेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया