नेपाल प्रहरीले दुई लाख रुपैयाँ ठगी गरेका आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक ६ बस्ने सिन्धुली सुनकोशी ४ घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक ६ नै बस्ने रामेछाप सुनपाती ७ का २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले तामाङलाई शुक्रबार र ग्याल्छेन लामालाई शनिबार पक्राउ गरेको हो ।
गत कात्तिक १६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका ६ गणेश मन्दिर नजिकबाट विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो ।
कछुवा सहित पक्राउ परेका धावा लामा र राज कुमार घिसिङलाई बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भन्दै बीर बहादुर तामाङ र ग्याल्छेन लामाले २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहीन रहेका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया