एक सातामा करिब एक लाख डिम्याट खाता थपिए

0
Shares

शेयर बजारमा निरन्तर सुधार आएपछि सार्वजनिक निष्काशनमा समेत सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ । ब्रोकर कार्यालयदेखि बैंकहरुमा डिम्याट खाता खोल्नेको लाइनले पनि शेयर बजारमा लगानीकर्ताको सहभागिता बढेको हो ।

पछिल्लो समयमा डिम्याट खाताको संख्या समेत उल्लेख्य बढेको छ । माघ महिनाको ३० गते २७ लाख ७५ हजार २८९ मात्र डिम्याट खाता थियो । तर यसको एक साता अर्थात फागुन ६ गते सम्म आइपुग्दा ९७ हजार ९९० ले बढेर २८ लाख ७३ हजार २७९ पुगेको छ ।

साधारण शेयरमा आवेदन दिन देखि दोस्रो बजारमा कारोबार गर्नका लागि समेतडिम्याट खाता अनिवार्य हुनुपर्छ । नेपाल रिइन्स्योन्स कम्पनीको साधारण शेयर निष्काशन पछि पनि आम सर्वसाधारणमा शेयर सम्बन्धी जानकारी तीब्र फैलिरहेको छ ।

नेपाल रिइन्स्योन्सको साधारण शेयरमा आवेदन दिएका लगानीकर्ता सबैले शेयर पाए । दोस्रो बजारमा पनि रिइन्स्योरेन्सको प्रतिकित्ता शेयरमूल्य १८०० रुपैयाँसम्म पुगेको थियो ।

त्यसले गर्दा पनि सर्वसाधारणलाई शेयर बजारमा आकर्षित गरेको हो । पछिल्लो समयमा परिवारको एक सदस्यलाई शेयर परेको खण्डमा सम्पूर्ण परिवारका सदस्यको नामबाट शेयर आवेदन दिनका लागि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो । पछिल्लो समयमा इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकले साधारण शेयर निष्काशन गरेपछि डिम्याट खाता खोल्नेको संख्या झनै बढेर एक सातामा नै करिब एक लाख डिम्याट खाता खुलेका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७७, बिहिबार  १८ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।