नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत तीन लघुवित्तीय संस्थाको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । गणपति, स्वोरोजगार र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार रहको छ ।

गणपति लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन १४ गते देखि २८ गतेसम्म बुक क्लोज तोकेको छ । जसअनुसार फागुन १३ गते बिहीवारसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन २८ गते ह्वाट हाउस पार्टी प्यालेस तनहुँमा साधारण सभा बोलाएको छ ।
नेशनल माइक्रोफाइनान्सले फागुन १४ गते देखि चैत ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार फागुन १३ गते बिहीवारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश लगायतका प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत ५ गते साधारण सभा बोलाएको छ । सभा क्रिक रिर्सोट धादिङवेशी धादिङमा हुने जानकारी गराएको हो ।
यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। फागुन १४ गते शुक्रबार परेकाले यस कम्पनीको लाभांश फागुन १३ गते बिहीबार नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले फागुन २९ गते, शनिबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ः३० बजे शुरुहुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १२.३९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया