दुई बैंकको साढे ६४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टोक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीको साढे ६४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार नेपाल एसविआई बैंकको ५३ लाख ७३ हजार ७२३.३३ कित्ता र तिनाउ मिसन डेभलपमेन्ट बैंकको १० लाख ८७ हजार ८ सय ७६ दशमलव  ३२०५ कित्ता गरी जम्मा ६४ लाख ६१ हजार ५ सय ९९ दशमलव  ६५०५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बैंकहरुले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको बोनस शेयर सूचीकृत गराएका हुन् । दुवै बैंकले ६ प्रतिशतका दरले बोनस वितरण गरेका थिए ।

उक्त बोनस शेयर सम्बन्धित कम्पनीका शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोश्रो बजारमा किनबेच गर्न पाउनेछन्।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।