सुनको मूल्यमा सोमबार सामान्य वृद्धि

0
Shares


नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २०० रुपैयाँ, तेजावी सुन ८५ हजार ७५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुन तोलाको ८६ हजार १०० रुपैयाँ, तेजावी ८५ हजार ६५० रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।  आइतबार स्थीर रहेको चाँदी सोमबार १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।