बिहीबार पनि ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

0
Shares

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य ८६ हजार ८ सय रुपैयाँ, तेजावी ८६ हजार ३५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँ, तेजावी ८५ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियोे ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७७, बिहिबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।