सुर्योदय लघुवित्तले ३ करोड ३० लाख बराबरको बोनस बाँड्ने

0
Shares

सुर्योदय लघुवित्त (SLBS) ले लाभांश घोषणा गरेको छ । 

कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १६.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५.३४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८० प्रतिशत नगद प्रस्ताव गरेको छ ।

जस अनुसार ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर १७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट सुर्योदय लघुवित्तले ४४.४७ प्रतिशत बोनस शेयर र २.३४ प्रतिशत नगद गरी कुल ४६.८१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।