हालसम्मकै उच्चतम विन्दु २६४० अंकबाट अढाई सय अंक तल झरेको शेयर बजार पछिल्ला दुई दिनमा ८३ अंकले फर्किएको छ । बुधबार ४०.४० अंकले सुधारिएको नेप्से सूचक साताको अन्तिम कारोबार दिन बिहीबार ४२.९५ अंकले उकालो लागेको हो ।
गत फागुन ९ गते २६४० अंकसम्म पुगेको नेप्से सूचक घटेर २३९० अंकसम्म झरेको थियो । पछिल्ला दुई दिन गरेर ८३ अंकले बढेको नेप्से सूचक २४७५.०९ विन्दुमा उक्लिएको छ । विहीबार नेप्से सूचक १.७७ प्रतिशतले बढेको हो।
शेयर बजारले सुधारको लय समातेपछि कारोबार रकममा समेत बढोत्तरी आएको छ । यसदिन चार कम्पनीको शेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भयो । बिहीबार २१३ कम्पनीका १ करोड १६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ६६ करोड १७ रुपैयाँ बराबरमा किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम एक अर्ब २९ करोड बढी हो ।
| Index | Current | Points Change | %Change | ||
| NEPSE | 2,475.09 | 42.95 | 1.77 | ||
| Sensitive | 444.15 | 5.55 | 1.26 | ||
| Float | 170.07 | 2.69 | 1.61 | ||
| Sen. Float | 144.27 | 1.76 | 1.24 | ||
| Sub-Indices | Current | Points Change | %Change | |
| Banking | 1,762.24 | 26.11 | 1.5 | |
| Trading | 3,712.24 | 39.6 | 1.06 | |
| Hotels And Tourism | 2,868.28 | 112.88 | 4.1 | |
| Development Bank | 2,532.00 | 24.37 | 0.97 | |
| HydroPower | 2,108.83 | 3.15 | 0.15 | |
| Finance | 1,146.94 | 14.15 | 1.25 | |
| Non Life Insurance | 12,229.66 | 191.08 | 1.59 | |
| Manu.& Pro. | 5,528.10 | 162.13 | 3.02 | |
| Others | 1,946.56 | 41.13 | 2.16 | |
| Microfinance | 4,328.51 | 102.13 | 2.42 | |
| Life Insurance | 16,740.02 | 415.47 | 2.55 | |
| Mutual Fund | 12.89 | 0.06 | 0.46 | |
| Investment | 96.72 | 1.95 | 2.06 | |
कारोबारमा आएका ब्यापार बाहेक सबै समुहका सूचकमा हरियाली छाएको बजारमा होटल तथा टुरिजम्को इन्डेक्स सर्वाधिक ४.१ प्रतिशतले बढेको छ । उत्पादन समूहको ३ प्रतिशत बढीले सुधार हुँदा लगानी, लघुवित्त, अन्य, र जीवन बीमाको सूचकमा २ प्रतिशत धेरेको सुधार देखिएको छ ।
बिहीबारको बजारमा नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै ७६ करोड बराबरको शेयर किनबेच भयो । नबिल बैंकसँगको मर्जरहको हल्लाले बैंकको कारोबार बढेको हो । यसपछि उच्च कारोबार हुने निफ्राको २१ करोड बराबरको शेयर किनबेच भयो।
यसदिन चार कम्पनीको शेयरमूल्य करिब दश प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यसदिन ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदिमर्दी, चन्द्रागिरी हिल्स, र नेपाल बंगलादेश बैंकको दश प्रतिशतका हाराहारीमा शेयर मूल्य बढेको छ ।
बिहीबारको बजारमा घलेम्दी हाइड्रोपावरको शेयरमूल्यमा ६.८५ प्रतिशतले घटेको छ । आँखुखोला, दिव्यश्वरी, खानीखोला लगायतका हाइड्रोपावर कम्पनीको शेयरमूल्य धेरै घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया