साताको पहिलो दिन सुनको मूल्य बढ्यो


साताको पहिला दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलाको १ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ, तेजावी ९१ हजार ३ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापाावाला सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ, तेजावी ९१ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबारको तुलनामा आइतबार चाँदी तोलाको ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ बैशाख २०७८, आइतबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।