दुई लाख भारतीय रुपैयाँ सहित एक पक्राउ

0
Shares

नेपाल प्रहरीले प्रतिबन्धित दुई लाख रुपैयाँ भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरीयाघाटबाट १ लाख ९८ हजार ४९० भारतीय रुपैयाँ सहित २० वर्षीय दिपक कुमार मण्डललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्दा उनको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ३९६ वटा नोट, २ सय दरको २ वटा नोट लगायत ५० दरको १ वटा नोट र १० दरको ४ वटा नोट गरी उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।