वित्तीय प्रणालीमा देखिएको तरलता संकुचन हटाउन केन्द्रीय बैंकले ३० अर्ब बजारमा पठाउँदै

0
Shares

बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव बढ्न थालेको छ ।

कोरोना भाइरसको संक्रमण जोखिमका कारण सुस्त रहेको अर्थतन्त्र चाडपर्व नजिकिएसँगै चलायमान बन्दा वित्तीय प्रणालीमा तरलता संकुचन भएको हो ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव भएपछि केन्द्रीय बैंकले बिहीबार ३० अर्बको रिपो जारी गर्दै छ ।

केन्द्रीय बैंकले दुई हप्ता अवधिका लागि रिपो जारी गर्न लागेको हो । असोज ७ गते परिपक्व हुने उक्त रिपो ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार ३ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्।

केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा १८ अर्ब मात्र तरलता रहेको छ । बैंकिङ प्रणालीमा तरलता संकुचन भएपछि बैंकहरुले अन्तर बैंक सापटी नै करिब ५ प्रतिशतमा लिने दिने गरेका छन् । मंगलबारम्ममा बैंकहरुले अन्तर बैंक सापटी ४.९१ प्रतिशत छ ।

कोरोनाको दोस्रो लहर सुरु हुनु भन्दा अघिदेखि नै बैंकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गर्दा तरलता कसिलो अवस्थामा देखिएको थियो । पछिल्लो समय चाडपर्वको बेला भएको आयातले समेत तरलतामा चाप परेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ। यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।