कर विवरण बुझाउने समय एक साता थपियो

0
Shares

आन्तरिक राजश्व विभागले कर विवरण बुझाउने समय थप गरेको छ।

करदाताले भदौ महिनाको २५ गतेभित्र बुझाउनु पर्ने करका साथै खरिद बिक्री खाताको विवरण बुझाउने म्याद भदौ ३१ गतेसम्म थप गरेको हो।

विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाताले प्राविधिक कठिनाइको कारणले साउन महिनाको बिक्री खाता र खरिद खाता अपलोड गर्न सकेका नसकेकाले समय थपेको विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार २५ भदौभित्र पनि विवरण बुझाउन नसक्ने करदाताले साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्नुसक्ने व्यवस्था गरेको छ ।

थपिएको अवधिसम्म पनि कर विवरण नबुझाएमा भने तोकिएअनुसार जरिवाना हुने विभागले जनाएको छ । विभागले बिक्री तथा खरिद खाता अपलोड गर्न समस्या भएका करदाताका लागि खाताको नमुनाको नयाँ ढाँचा वेबसाइटमा राखेको छ।

विभागले यसअघि भदौ २५ गतेभित्र खरिद बिक्री खाता बुझाइसक्नु पर्ने व्यवस्था गरेको थियो । विभागले भ्याट विवरण र खरिद बिक्री खाता एकै पटक अपलोड गराउँदा सर्भरमा समस्या देखिन सक्ने भन्दै परिमार्जन गरेको हो।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: २५ भाद्र २०७८, शुक्रबार  १२ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।