इसेवा र कनेक्ट आइपीएसबाट निःशुल्क दक्षिणा पठाउन सकिने

0
Shares

इसेवा र कनेक्ट आइपीएसबाट निःशुल्क दक्षिणा पठाउन सकिने भएको छ । बडादशैंको अवसर पारेर इसेवा र कनेक्ट आइपीएसले यस्तो सेवा सुरु गरेका हुन् ।

इ-सेवा

इ-सेवाले यो वर्षको दशैँका लागि आफ्नो आकर्षक योजना सार्वजनिक गरिसकेको छ । योजना अन्तर्गत इ-सेवामार्फत घटस्थापनादेखि १० दिनसम्म कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने छ ।

यसका साथै बम्पर उपहारमा ’सय रुपैयाँमा स्कुटर’ योजनामा एकजना विजेताले स्कुटर जित्न सक्ने कम्पनीले जनाएको छ । स्कुटर नजित्ने इ-सेवा प्रयोगकर्ताहरुको रकम फिर्ता गरिने पनि कम्पनीले प्रतिबद्धता गरेको छ ।

त्यसैगरी साप्ताहिक रूपमा एकजना बिजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेण्ड मनि दशैं क्याम्पेनमा ५०० जनाले ५०० रुपैयाँ डिजिटल दक्षिणा पाउने इ-सेवाले जनाएको छ ।

फ्ल्यास् अफर अन्तर्गत मोबाइल रिचार्जमा १० प्रतिशत वा ५० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिने बताइएको छ । त्यसैगरी एयरलाइन्स योजनामा दैनिक तीन जनाले रिटर्न टिकट प्राप्त गर्न सक्ने बताइएको छ । एक जना विजेताले स्कुटर जित्न सक्नेछन् ।

यो योजना असोज १८ देखि असोज २७ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

कनेक्ट आइपिएस

कनेक्ट आइपिएसले पनि यो वर्षको दशैँका लागि आफ्नो आफ्नो योजना लागू गरिसकेको छ ।

कनेक्ट आइपिएसले यस वडा दशैँ तथा तिहारलाई लक्षित गरि मोबाइल बैंकिङ अथवा कनेक्ट आइपिएसको एपमा “निशूल्क फन्ड ट्रान्सफर” योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत हरेक हप्ता १० जनाले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै ३ जना भाग्यशाली ग्राहकले स्मार्टफोन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो योजना असोज २० गतेबाट कार्तिक २५ गतेसम्म रहने कनेक्ट आइपिएसले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

 

प्रकाशित मिति: २४ आश्विन २०७८, आइतबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।