शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार १८५ रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुन ९१ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै बिहीबार सुनचाँदीको मूल्य स्थीर रहेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया