पाँच कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

0
Shares

पुस २१ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार चार कम्पनीको बोनस सेयर र एक कम्पनीको हकप्रदपछि सेयरमूल्य समायोजन गरिएको हो । आज जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मल्टीपर्पस फाइनान्स, पोखरा फाइनान्सको बोनस तथा छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा सेयरमूल्य समायेजन गरिएको हो ।

सूचीकृत कम्पनीहरुलाई पुस मसानत्भित्रै साधारण सभा सम्पन्न गर्ने हतारो बढ्दा एकैदिन पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको हो । साधारण सभा, लाभांश वितरण र हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले पाँचवटै कम्पनीको सेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो । समायोजन निम्नअनुसार सेयरमूल्य निर्धारण गरिएको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनसपछि २३८३.२० रुपैयाँ

कालिका लघुवित्तको १३ प्रतिशत बोनसपछि ११६३.७२ रुपैयाँ

मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बोनसपछि ४१६.८१ रुपैयाँ

पोखरा फाइनान्सको ८.०७५ प्रतिशत बोनसपछि ४४०.४३ रुपैयाँ

छ्याङ्दी हाइड्रोपावरको ३० प्रतिशत हकप्रदपछि ३९६.१५ रुपैयाँ

बुधबार पाँचवटै कम्पनीहरुको सेयर कारोबार समायोजित मूल्यलाई आधारमा मानेर खुल्नेछ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यलाई आधार मानेर पाँचवटै कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन मंगलबार धितोपत्रको दोस्रो बजारमा जनउत्थानको सेयर प्रतिकित्ता २९७९ रुपैयाँ, कालिकाको १३१५ रुपैयाँ, मल्टीपर्पसको ४७१ रुपैयाँ, पोखरा फाइनान्सको ४७६ रुपैयाँ र छ्याङ्दी हाइड्रोपावरको ४८५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

यी चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छ्याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७८, बुधबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।