
प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो ३ बजे सुरु भएको बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका छन् ।
प्रतिपक्षी दलको नाराबाजीकैबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ गरेका छन। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८” पेश गरे ।
यसैगरी अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरे । बैठकमा एमसिसीमाथिको सैद्धान्तिक छलफल जारी छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया