धौलागिरी लघुवित्तको नाफामा उच्च बढोत्तरी, खुद नाफा २ करोड माथि

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमाससम्ममा २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा ३६ लाख २६ हजार रुपैयाँ नाफा कमाएको लघुवित्तको ४९३.१९ प्रतिशतले नाफा बढको हो ।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको धौलागिरीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २०.७२ रुपैयाँबाट ४०.७३ रुपैयाँ बढेर ६१.४५ रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म लघुवित्तले ६२ करोड १४ लाख रुपैयाँ रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको जगेडा कोषमा १० करोड ५३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ५ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

गत आवमा २ करोड ८६ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको लघुवित्तले चालु आवको यसै अवधिमा १ करोड ८८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । कम्पनीको खराब कर्जा घटेर ३.७५ प्रतिशतमा सुधारिएको छ । लघुवित्तको कस्ट अफ फण्ड ६.९३ प्रतिशत रहेको छ । 

कम्पनीले ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीका साथ सनराइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन हुनेछ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७८, बुधबार  १५ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।