पासपोर्ट बनाइदिन्छु भन्दै रकम ठग्ने एक पक्राउ

0
Shares

नेपाल प्रहरीले राहादानी बनाइदिन्छु भन्दै रकम लिएर सम्पर्कबिहीन बनेका एक जना पक्राउ गरेको छ । 

प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका–५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार पक्राउ गरेको हो ।

सापकोटाले राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन बनेका थिए ।

उक्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७८, शुक्रबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।