सुनचाँदीको मूल्य आइतबार स्थीर, तोलाको ९२ हजार ५०० रुपैयाँ

0
Shares

सुनचाँदीको मूल्य आइतबार नेपाली बजारमा स्थीर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य स्थीर बनेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार पनि सुनचाँदीको कारोबार सोही मूल्यमा भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.५० डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।