पछिल्लो दिनहरुमा सेयर बजार सूचक घट्ने क्रमले निरन्तरता पाएसँगै बिहीबार कारोबारको एक घण्टामा नै सूचक २ हजार ८०० बिन्दुतल झरेको छ ।
यस अवधिमा सूचक १६.९० अंकले घटेर २७९६.६२ बिन्दुमा झरेको छ । कारोबारमा आएका उपसमुहगत सूचकमध्ये व्यापार बाहेक सबै घटेका छन् । फाइनान्स १ प्रतिशत बढीले घट्दा अन्य एक प्रतिशतभन्दा कम घटेका छन् ।
यस अवधिमा नेपाल लाइफको सबैभन्दा धेरै ७ करोड ७० लाखको सेयर कारोबार भएको छ । नबिल इक्वीटी फण्डको इकाईको मूल्य सर्वाधिक २.३० प्रतिशतले बढेको छ भने सगरमाथा इन्स्योरेन्सको ३.६१ प््रतिशत घटेको छ ।
यस अवधिमा २१२ कम्पनीका १६ लाख ४२ हजार कित्ता सेयर ९ करोड २८ हजार रुपैयाँमा खरीद बिक्री भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया